काठमाडौं । कोरोना भाइरसको प्रकोपपछि यतिबेला देश लकडाउनमा छ । त्यसको पालना गर्दै हामी बन्दाबन्दीको अवस्थामा छौं । कोरोनासँग बच्न घरभित्रै सीमित भए पनि हामीले खरिद गर्ने फलफूल, तरकारी, ग्याससिलिन्डरलगायतका उपयोग गर्ने वस्तुबाट भित्रिने हो कि भन्ने चिन्ता उत्तिकै छ । स्वास्थ्यविज्ञहरूले पनि यस्ता उपभोग्य वस्तुमार्फत कोरोना भित्रन सक्ने औंल्याउँदै सतर्कता अपनाउन सुझाएका छन् ।…