एजेन्सी । इराकमा तीन दिनयता जारी हिंसामा ३१ जनाको मृत्यु भएको छ । मुलुकमा बढ्दो बेरोजगारी र भ्रष्टाचार बढेको भन्दै केही दिनदेखि जारी रहेको सरकारविरुद्ध देशव्यापी प्रदर्शनमा एक हजार ५०० भन्दा बढी प्रदर्शनकारी र सुरक्षाकर्मी घाइते भएका र ६२ जना पक्राउ परेका इराकको मानवअधिकार सम्बन्धि उच्चायुक्तले जानकारी दिएको छ। मृतकमध्ये अधिकांश दक्षिणी सहर नसिरियाका रहेको…