जलेश्वर । होली पर्वको आगमनसँगै महोत्तरी जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ (एक प्रकारको गीत) गाउन सुरु भएको छ । महोत्तरी जिल्लाको १० नगरपालिका र ५ गाउँपालिकाका प्रत्येक गाउँ टोलमा गएरातिदेखि नै बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन सुरु भएको हो । होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै…