३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

कोरोना भाइरस फैलिएपछि चीनमा वायुप्रदूषण घट्यो



एजेन्सी ।
कोरोना भाइरसको उद्गमथलो चीनमा वायु प्रदुषणको मात्रा ह्वात्तै घटेको छ। भू–उपग्रह (स्याटेलाइट) बाट खिचिएका तस्बिरहरुमा चीनको आकाशमाथि प्रदुषित हावाको तह नाटकीय रुपमा घटेको देखिएको हो। अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले सन् २०१९ को पहिलो दुई महिना र कोरोना भाइरस फैलिएको २०२० को पहिलो दुई महिनामा अन्तरिक्षबाट खिचिएका तस्बिरहरु सार्वजनिक गर्दै चीनमा प्रदुषणको मात्रा निकै घटेको देखिएको जानकारी दिएको छ।

कोरोना विपत्तिका कारण आर्थिक गतिविधी सुस्ताउँदा यतिखेर चीनमा उद्योग र कलकारखानाहरु बन्द गरिएका छन्। सवारीसाधन सञ्चालनमा पनि निकै कडाई गरिएको छ। कोरोनाको उद्गमस्थल हुबेइको उहान शहरलाई त शील नै गरिएको छ। कैयौं बसोबास क्षेत्रमा कोरोना फैलने त्रासले मानिसहरुलाई घरबाट बाहिर निस्कन दिइएको छैन। मानवीय गतिविधी नै कम भएपछि प्रदुषण घटेको अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ०८ बजे