झापा ।बिर्तामोड नगरपालिका–२, चारपानेमा आगोले जलेको अवस्थामा एकजनाको शव फेला परेको छ। स्थानीय ऐनकुमार राजवंशीको खेतमा राखिएको परालको कुन्युमा आगो जलाइएको अवस्थामा शव फेला परेको हो। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए। स्थानीयले मंगलबार खेतमा जलेको अवस्थमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। ‘घटनाको प्रकृति हेर्दा परालको कुन्युभित्र…