काठमाडौँ ।
यातायात व्यवस्था सेवा कार्यालय सानो र्भयाङ स्वयम्भुका अधिकृत शिवलाल पौडेल घूस रकमसहित पक्राउ परेका छन् ।
सेवाग्राहीबाट १३ हजार घूस लिँदै गरेको अवस्थामा उनलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
कार्यालयमा छैठौंतहमा कार्यरत अधिकृत पौडेललाई सेवाग्राही दीपक खतिवडाले सवारी कर र प्रदुषण बापतको रकम तिर्नका लागि घूस बापत् १३ हजार दिएका थिए । अख्तियारकोटोलीले उनीहरुलाई घूस रकमसहित कार्यालय परिसरबाट दुवै जनालाई आइतबार नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
२० माघ २०७६ सोमबार ००:००
0
Shares







प्रतिक्रिया