९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026

नागरिकता कानुनविरूद्ध उत्तर प्रदेश, तीन दिनमा १४ जनाको मृत्यु

एजेन्सी । भारतको उत्तर प्रदेशमा नागरिकता कानुनविरूद्ध उत्रेका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा शुक्रबारसम्म १४ जनाको मृत्यु भएको छ। नागरिकता कानुन विरूद्ध भएको प्रदर्शनमा पछिल्लो तीन दिनमा उत्तर प्रदेशमा मात्र १४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यम दैनिक भास्करले जनाएको छ। शुक्रबार हिंसात्मक कार्यमा संलग्न भएको भन्दै प्रहरीले १५ जनालाई दिल्लीस्थित दरियागञ्जबाट पक्राउ गरेको छ।…