२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

आजपनि चरा संरक्षणको लागि जगदीशपुरमा राष्ट्रिय कार्यशाला



मायादेवी अनलाइन, वाणगंगा ।
चरा संरक्षणको क्षेत्रमा काम गर्ने स्थानिय संरक्षण समुहको तीन दिने राष्ट्रिय कार्यशाला शुक्रबारपनि जारी छ ।
कपिलवस्तुको जगदिशपुरमा शनिबारसम्म चल्ने कार्यशालामा नेपालमा रहेका विश्वमै परीचित ३७ महत्वपुर्ण चरा तथा जैविक विविधता क्षेत्र मध्ये २५ वटा महत्वपुर्ण चरा, जैविक विविधता क्षेत्रका प्रतिनिधीहरु करीव ४० जिल्लाबाट सहभागि भएको नेपाल पन्छी संरक्षण संघका गिद्ध संरक्षण कार्यक्रम व्यवस्थापक कृष्ण भुसालले जानकारी दिनुभयो ।
कार्यशालाले चरा र तिनको बासस्थान संरक्षण सँगै स्थानियको जिविकोपार्जन, चरा अवलोकन पर्यटन प्रर्वद्धन र दिगो विकासका लागि साझेदार संस्थाहरुको क्षमता अभिवृद्धिगरी आगामी कार्ययोजना निमार्णमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने छ ।
कार्यशालाको उद्घाटन प्रदेश ५ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६ शुक्रबार ००:००  ८ : २२ बजे