लमजुङ । अविरल वर्षापछि दोर्दी खोलामा बाढी आउँदा भौतिक तथा मानवीय क्षति भएको छ। अहिलेसम्मको जानकारी अनुसार बाढीमा परेर दुई जनाको मृत्य भएको छ भने १३ जना कामदार बेपत्ता भएका छन्। दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रमा दिउँसो करिब ३ बजेतिर भीषण बाढी आएको थियो। दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर घलेका अनुसार नौथर शेरामा दुई शव निकालिएको…