दैलेख । गुराँस गाउँपालिका–४ मुग्राहमा माइक्रो बस दुर्घटना भएको छ। दुर्घटनामा तीनजनाको मृत्यु र सातजना घाइते भएको छन्। सुर्खेतदेखि दैलेख आउँदै गरेको भे १ ज १०२९ नम्बरको माइक्रो बस शुक्रबार बिहान करिब पौने १२ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर वलीले जानकारी दिए। घाइतेहरुको उद्धारका लागि रानीमत्ता प्रहरी चौकीको टोली खटिएको…