काठमाडौं । प्रहरीको कन्ट्रोल रूममा उठ्ने १०० नम्बरमा शुक्रबार एक व्यक्तिले फोन गरे । महाराजगन्जबाट बोलेको बताएका उनले आफ्नो कोठामा चोरी भएको बताए। कन्ट्रोल रुमका प्रहरीले तत्काल उनको फोन महाराजगन्जको सीआरभी (कन्ट्रोल रुम भेइकल) टोलीलाई पास गर्यो । प्रहरी पुग्दा ती व्यक्ति मदिरा पसलमा भेटिए । प्रहरीले सोध्यो, ‘तपाईंको कोठामा चोरी भएको भनेको होइन रु…