८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

अनशनरत केसीलाई लिन डडेल्धुरा पुगेको हेलिकोप्टर रित्तै फर्कियो



डडेल्धुरा ।
अनशनरत डाक्टर गोविन्द केसीलाई लिन डडेल्धुरा पुगेको नेपाली सेनाको हेलिकोप्टर रित्तै फर्किएको छ। स्वास्थ्यमा समस्या र अस्पतालमा आवश्यक उपचारका सामग्री नभएको अस्पतालले जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। त्यसका लागि आज बिहान सेनाको हेलिकोप्टर डडेल्धुरा पुगेको थियो। आठ दिनदेखि डडेल्धुरामा आमरण अनशनरत डा गोविन्द केसीलाई सुविधासम्पन्न अस्पताल पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले गरेको पहल विफल भएको छ। सोमबार जिल्ला प्रशासन कार्यालयकै पहलमा बोलाइएको सर्वपक्षीय बैठकले ‘डा केसीलाई इच्छाविपरीत लान मिल्दैन’ भन्दै उनको माग सम्बोधनका लागि सबैले पहल गर्नुपर्ने निष्कर्ष निकालेपछि सेनको हेलिकोप्टर रित्तै फर्किएको हो।

प्रकाशित मिति : २५ कार्तिक २०७६ सोमबार ००:००  २ : ४३ बजे