काठमाडौं । काठमाडौंको मूलपानीस्थित बाबा चोकमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी नरेन्द्र चन्दका अनुसार मृत्यु हुनेमा शर्मिला यादव, उनको छोरा कुन्दन यादव र देवरानी निलु यादव छन्। स्थानीय बलराम खत्रीको पक्की घरको पर्खाल भत्किँदा यादव परिवार बस्ने टहरा पुरेको थियो।डिएसपी चन्दका अनुसार टहराभित्र बसेका यादवको…