काठमाडौँ । देशका अधिकांश स्थानमा शुक्रबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागहरुमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी भूभागका केही स्थानहरुमा र मध्य र पूर्वी क्षेत्रहरुका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहितको हल्का देखि मध्यम वर्षा हुने मौसमविदले जनाएका छन् ।…