धादिङ । पृथ्वी राजमार्गको धादिङ खण्डमा सडकमा लेदो जमेपछि बिहानैदेखि सडक अवरुद्ध भएको छ । रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा बुधबार रातिदेखि नै लेदो माटो खसेपछि सडक अवरुद्द भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै धेरै गाडी बाटोमै रोकिएका हुन् । अहिले लेदो माटो सडकबाट हटाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।…