दाङ । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत साविक उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारीहरुबीच शुक्रबार बेलुकी ११ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनरत कर्मचारी २४ दिनपछि काममा फर्किएका छन् । कर्मचारी आन्दोलन निकै लामो बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको नेतृत्वमा विवाद समाधानका लागि टोली घोराहीमा आएको थियो…