७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026

काठमाडौंको टोखामा गोली चल्यो, डाँका मुद्दामा परेका ‘काले’ घाइते

काठमाडौं । काठमाडौको टोखा नगरपालिकामा गोली चलेको छ। डाँका मुद्दामा आधा दर्जनभन्दा बढी उजुरी परेका ‘काले’ भनिने विष्णु तामाङलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि महानगरीय प्रहरी अनुसन्धान महाशाखाबाट खटिएको टोलीले उनीमाथि गोली प्रहार गरेको एसएसपी सहकुल बहादुर थापाले जनाएका छन्। उनको घुँडाभन्दा मुनि गोली लागेको छ। हाल उनको वीर अस्पतालमा उपचार भइरहेको थापाले जनाए।