२८ असार २०८३, आइतबार | Sun Jul 12 2026

चट्याङ लागेर महिलाको मृत्यु



विराटनगर ।
गएराति हावाहुरीसँगै चट्यांग पर्दा मोरंग जिल्लाको रतुवामाई नगरपालिका ४ स्थित कटघरामा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता एवं डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार राति हावाहुरीसँगै परेको चट्यांग लागेर ५० वर्षीया सन्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो।

मध्यरात करिब १ बजे परेको चट्यांगका कारण सिंहका परिवार सदस्य ५० वर्षका बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन्। प्रहरीका अनुसार उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको थियो।

सामान्य घाइते भएका दुवै जना मंगलबार बिहान घर फर्किसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ बैशाख २०७६ मंगलबार ००:००  १२ : १८ बजे