१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मोटरसाइकल दुर्घटना हुदा कालिकोटमा दुई जनाको ज्यान गयो

कालिकोट । कालिकोटको शेराबाडाबाट जुम्लातर्फ जाँदै गरेको भे ५ प ८११६ नम्बरको मोटरसाइकल कालिकोट पिलीमा दुर्घटना हुँदा सवार दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक सुर्खेतका लक्ष्मण सुनार र पछाडि बसेका खाँडाचक्र –८, का दिपक मल्लको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।