७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

पोखरामा १४ वर्षीय बालकको हत्या

कास्की । पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो ।बालकको शव हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो ।…