काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता र मुख्य बुँदामा सहमति भएको दाबी गरे पनि इरानले त्यसलाई अस्वीकार गरेको छ। ट्रम्पले इरानसँगको द्वन्द्व समाधानका लागि छलफल भइरहेको र इरानको ऊर्जा पूर्वाधारमा हुने आक्रमणलाई पाँच दिनका लागि सारिएको बताएका थिए। ट्रम्पले इरान आणविक हतियार त्याग्न तयार रहेको र उनीहरूकै आग्रहमा फोनमार्फत…