घोराही। दाङमा आएको हावाहुरीका कारण केराका बोट ढल्दा व्यावसायिक केराखेतीमा क्षति पुगेको छ । वैशाख २० गते आएको हावाहुरीका कारण घोराही उपमहानगरपालिका–१२ हापुर रतनपुरमा व्यावसायिक रूपमा केराखेती गर्दै आउनुभएका हुमबहादुर केसीले लगाएको चार बिघामध्ये दुई बिघा क्षेत्रफलमा रहेका केराका बोट ढलेर नष्ट भएका हुन् । फल लागेर बिक्रीका लागि तयार हुँदै गरेका तथा भर्खरै पसाउन थालेका…