भक्तपुर ।देशभर नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारी निर्णय भए पनि भक्तपुरमा आइतबारदेखि नै नयाँ शैक्षिक सत्र सुरु गरिएको छ। भक्तपुर र चाँगुनारायण नगरपालिकाले स्थानीय सरकारको अधिकार क्षेत्रअन्तर्गत विद्यालय सञ्चालनको निर्णय गर्दै नगर क्षेत्रभित्रका विद्यालयलाई आइतबारदेखि शैक्षिक सत्र सुरु गर्न अनुमति दिएका हुन्। भक्तपुर नगरपालिकाले संघीय सरकारले घोषणा गरेको शनिबार र आइतबार…