बुटवल । काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान ९ बजे बुद्ध एयर मार्फत भैरहवा ल्याइने भएको छ । शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । रवि लामिछानेका सहयोगी अभिनास आचार्यले अहिले ९ बजे बुद्ध एयरबाट भैरहवामा पठाउने जानकारी…