काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी अन्तरराष्ट्रिय सहयोग नियोग (युएसएआईडी)का कार्यक्रम रोक्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत आधा अर्बका कार्यक्रम रोकिएको छ। युएसएआईडीको सहयोमा सञ्चालित ५२ करोड २४ लाख ४० हजार रुपैयाँका १६८ वटा कार्यक्रम स्थगित हुन पुगेको हो।युएसएआईडीको अनुदान रोकिँदा सबैभन्दा बढी परिवार कल्याण कार्यक्रमलाई असर गरेको छ। सो अन्तर्गतका ३५ कार्यक्रमको १४ करोड…