१२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026

म्याक्सवेलको दोहोरो शतक हानेपछि अफगानिस्तान स्तब्ध

एजेन्सी ।आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । अफगानिस्तानले दिएको दुई सय ९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दुई सय एक रनको दोहोरो शतक खेले । अफगानिस्तानका नभिन उल हक, अजम्तुल्लाह ओमरजाई र रासिद खानले दुई दुई विकेट लिए…