१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनले हरायो



काठमाडौं ।
आईसीसी एक दिवसीय विश्व कप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २ सय ४३ रनको ठूलो अन्तरले पराजित गरेको छ ।

कोलकाताको इडेन गार्डेनमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय २६ रन बनायो ।

तीन सय २७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २७ ओभर एक बलमा ८३ रन मात्रै बनाएर अलआउट भयो । जारी विश्व कपमा भारतको यो लगातार आठौँ जित हो । भारत १६ अङ्कसहित शीर्ष स्थानमा छ । हिजोको जितसँगै भारत शीर्ष स्थानमा रहेरै सेमिफाइनलमा पुग्ने पक्का भएको छ ।

भारत सेमिफाइनलमा भने यसअघि नै पुगिसकेको थियो । दक्षिण अफ्रिका पनि सेमिफाइनलमा पुगिसकेको छ । विश्व कपमा आज दिउँसो सवा २ बजे बङ्लादेश र श्रीलङ्का खेल्दैछन् ।

प्रकाशित मिति : २० कार्तिक २०८० सोमबार ००:००  ८ : ०८ बजे