२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

कामविहीन लुम्बिनी प्रदेश सभा, सङ्कटमा सरकार

देउखुरी ।लुम्बिनी प्रदेश सरकारले प्रदेश सभालाई काम (बिजनेस) नदिँदा प्रदेश सभाको बैठक अनिश्चित जस्तै बनेको छ । प्रदेश सभाको पहिलो अधिवेशनको छैटौँ बैठक गत फागुन १७ मा बसेको थियो । त्यसयता बस्न सकेको छैन । सातौँ बैठकको बैठकपछि बस्ने सूचना सार्वजनिक गर्ने गरी सभामुख तुलाराम घर्तीले बैठक सकिएको जानकारी दिए पनि हालसम्म बस्न सकेको छैन…