६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आईपीएल क्रिकेटः बेङ्लोरविरुद्ध दिल्लीको सहज जीत



काठमाडौं ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्लोरलाई सात विकेटले हराएको छ ।

गएराति दिल्लीस्थित अरुण जेट्ली रंगशालामा सम्पन्न खेलमा बेङ्लोरले प्रस्तुत गरेको १८२ रनको लक्ष्य घरेलु टिमले १६.४ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो ।

दिल्लीको जीतमा फिल साल्टले सर्वाधिक ८७ रन बनाए । साल्टले ४५ बलमा आठ चौका र ६ छक्का प्रहार गरे । रिले रोसोउले ३५, मिचेल मार्सले २६ र कप्तान डेविड वार्नरले २२ रन जोडे ।

बेङ्लोरका जस हेजलउड, कर्ण शर्मा र हर्सल पटेलले समान एकरएक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बेङ्लोरले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १८१ रनको योगफल खडा गरेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८० आइतबार ००:००  ८ : ११ बजे