दाङ । दाङ तुलसीपुरको एक सामुदायिक वनमा नवजात शिशुको शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ मा रहेको नवदुर्गा सामुदायिक वनमा सालनालसहितको नवजात शिशुको शव फेला परेको प्रहरीले जनाएको हो । स्थानीय महिलाले दाउरा खोज्न जङ्गल गएको समयमा हिजो दिउँसो नवजात शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।