काठमाडौं । इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्ड टी(ट्वान्टी विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो ।अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७…