१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ : मन्त्री कार्की



काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताएका छन् ।

बिहीबार सुनसरी(४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले मतदाताले आफूमाथि विश्वास गरेका धन्यवाद दिए । मन्त्री कांर्कीले एमाले उम्मेदवार जगदिश कुसियैतलाई ११२ को झिनो मतान्तले पराजित गरेका छन् । उनले आफ्नो चुनाव क्षेत्रमा गरेको कामको आधारमा मतदाताले विश्वास लिएको बताए ।

‘मैले धेरै काम गरेको छु । त्यसैको आधारमा विजय गराउनुभएको छ’ मन्त्री कार्कीले भने । विजयपछि पनि उनले मतदातासँग यस क्षेत्रमा गर्नुपर्ने कामको विषयमा सुझाव लिने बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७९ बिहिबार ००:००  ३ : ०३ बजे