२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

देशका धेरै ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं ।देशका धेरै ठाउँमा पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले पछिल्लो दुई घण्टामा ललितपुरको गोदावरी र आसपास लगायत काठमाण्डौ उपत्यकाका केही ठाउँमा भारी वर्षा भएको जनाएको छ । गोदावरी खोला, हनुमन्ते खोलालगायत नदीमा आकस्मिक बाढीको सम्भावना रहेको छ । यी क्षेत्रका खोला किनारमा बिहान ९ बजेसम्म सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।…