३१ भाद्र २०८१, सोमबार | Mon Sep 16 2024

नेपाली पासपोर्ट विश्वकै कमजोर सूचीमा



काठमाडौं ।

विश्वभरको पासपोर्ट र्‍याङ्किङको सूचीमा नेपाली राहदानी पासपोर्ट विश्वकै कमजोर सूचीमा परेको छ ।
हेन्ली पासपोर्ट इन्डेक्स २०२२ क्वाटर थ्री रिपोर्टमा नेपाल विश्वकै कमजोर मध्ये ८ औं स्थानमा देखिएको छ ।

पहुँचको आधारमा ११२ र्‍याङ्कमा विभाजन गरिएको रिपोर्टमा नेपालको पासपोर्ट १०६ औं र्‍याङ्कमा छ । यसअनुसार र्‍याङ्किङको आधारमा नेपाल छैठौं कमजोर पासपोर्ट भएको मुलुक हो । नेपाल रहेको १०६ औं स्थानमा प्यालेस्टाइन पनि छ ।

नेपालको पासपोर्टले ३८ वटा मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउने रिपोर्टमा उल्लेख छ । नेपालभन्दा मुनि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।

विश्वभरिका देशहरुको पासपोर्टको तुलना गरेर सार्वजनिक गरिएको रिपोर्टमा पुच्छरमा अफगानिस्तान रहेको छ ।

सबैभन्दा शक्तिशाली पासपोर्टको सूचीमा जापान रहेको छ । जसले १९३ मुलुकमा अनएराइभल भिसामार्फत सोझै पहुँच पाउँछ ।

जापानसहित सिंगापुर, साउथ कोरिया, जर्मनी, स्पेन, फिनल्याण्ड, इटाली, लक्जम्बर्ग, अष्ट्रेयिा, डेनमार्क, नेदरल्याण्ड र स्वीडेन सबैभन्दा शक्तिशाली पासपोर्ट भएको मुलुकको अग्रस्थानमा छन् ।

प्रकाशित मिति : ४ श्रावण २०७९ बुधबार ००:००  २ : ४५ बजे