१७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026

सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

एजेन्सी । भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जनालाई जिउँदै जलाइएको छ। घटना भएको थाहा पाएपछि भीडले मोटरसाइकलसहित ती युवाहरूलाई जिउँदै जलाएका हुन्। जसमध्ये एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाइते भएका छन्। घटना जिल्ला सदरमुकामबाट करिब १५ किलोमिटर टाढा सदर प्रहरी चौकी क्षेत्रको बसुहा पञ्चायतको एउटा गाउँको हो।…