१४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026

आगामी शुक्रबारदेखि देशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना

काठमाण्डौ । यसपालि दशैँको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् । गएको वर्षको असोजको जस्तै वर्षा हुने गरी प्रणाली विकास भइरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वटा प्रणाली विकास भइरहेकोले भोलिदेखि हल्का, मध्यम हुँदै विजयादशमीको बेलुकादेखि पूर्वी नेपालमा मुसल्धारे वर्षाको…