रुकुम पूर्व । लगातारको हिमपातको कारण रुकुम पूर्वमा निर्माणाधीन विभिन्न आयोजनाहरु प्रभावित भएका छन् । गएको पुस १३ गतेदेखि भएको हिमपातको कारण जिल्लाको सिस्ने गाउँपालिका १ मा निर्माणाधीन पाखा ओराली लघुजलविद्युत् आयोजनाको काम रोकिएको छ ।यही माघको महिनासम्म सम्पन्न गरिसक्नुपर्ने विद्युत् आयोजनाको कामलाई हिमपातले असर गरेको हो । नियमित बाक्लो हिउँ पर्न थालेपछि कार्यस्थलमा रहेका…