११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनीमा ५ दलीय गठबन्धन जिल्ला दौडाहामा



बुटवल ।

यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशको सत्ता साझेदार पाँच दलीय गठबन्धनले जिल्ला दौडाहामा छ । यो प्रदेशमा अन्य, महिला र दलिततर्फका एकरएक जना गरी तीन सिटका लागि ६ जनाबीच प्रतिष्पर्धा हुँदैछ ।

निर्वाचनमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवराज शर्मा बाँके, नेकपा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे पाल्पा र राष्ट्रिय जनमोर्चाका तुलबहादुर बिक रुपन्देही उम्मेदवार छन् । यस्तै एमालेका रामदयाल गुप्ता, भारती उपाध्याय र कृष्णबहादुर बिक उम्मेदवार छन् ।

गठबन्धनले प्रदेशका १२ वटै जिल्लामा मतदाता भेटघाटलगायतका प्रचार अभियान थालेको हो । पाँच दलीय गठबन्धनका उम्मेदवारहरूले मंगलबार गुुल्मीको तम्घास र अर्घाखाँचीमा भेटघाट गर्दैछन् ।

त्यस्तै माघ ५ गते रोल्पा, ६ गते दाङको घोराही, ६ र ७ गते बर्दिया, ७ गते बाँके, ७ गते नै दाङको भालुवाङ, ८ गते कपिलबस्तुको चन्द्रौटा र रुपन्देहीको बुटवल र ९ गते नवलपरासीमा भेटघाट तथा चुनावी प्रचार कार्यक्रम राखिएको गठबन्धनकी उम्मेदवार एवं नेकपा एकीकृत समाजवादी०का नेतृ राजेन्द्रलक्ष्मी गैरेले जानकारी दिइन् ।

चुनावी अभियान सफल पार्न पाँच दलका प्रदेश सभापतिरअध्यक्ष र नेताहरू सम्मिलित मूल व्यवस्थापन तथा परिचालन समिति गठन गरिएको छ । मूल समितिमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका नेता सुदर्शन बराल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष मेटमणि चौधरी, जसपाका प्रदेश अध्यक्ष अशोक यादव र राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका रहेका छन् ।

गठबन्धनका उम्मेदवारहरूले लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै एजेण्डा र मतभार दुवै हिसाबले आफूहरूको जित निश्चित भएको दाबी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीणका लुम्बिनी अध्यक्ष मेटमणि चौधरीले प्रतिस्पर्धी एमालेका उम्मेदवारभन्दा गठबन्धनका उम्मेदवारहरूले कम्तीमा एक हजार मतभार अन्तरले जित्ने दाबी गर्छन् ।

प्रकाशित मिति : ४ माघ २०७८ मंगलबार ००:००  १२ : २२ बजे