१५ श्रावण २०८३, शुक्रबार | Sat Aug 1 2026

बाक्लो हुस्सुका कारण सिरहाका स्थानियको जनजीवन प्रभावित

लहान । यस वर्षको हिउँद लागेपछि पहिलो पटक आइतबार बिहानैदेखि सिरहामा बाक्लो हुस्सु लागेको छ। हुस्सुसँगै चिसो बढेको छ। बिहान ९ बजेसम्म सिरहाको तापक्रम १६ डिग्री सेल्सियस रहेको थियो। बाक्लो हुस्सु लागेकोले सवारी साधनहरुले रातमा झै लाइट बालेर चलाइएका छन्। चिसोले सर्वसाधारणको चहलपहल पातलिएको छ।