१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

पर्वतमा बस दुर्घटना, तीन जनाको मृत्यु, थप विवरण आउन बाँकी

पर्वत । पर्वतको मालढुंगा नजिक यात्रुबाहक बस पल्टिँदा तीन जनाको घटनास्थलमा नै ज्यान गएको छ । २० जना भन्दा धेरै घाइते भएका जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाको परिचय खुल्न बाँकी छ । म्याग्दीको बेनीबाट छुटेको ग १ ख ६१०८ नम्बरको बस दुर्घटनामा परेको हो । घटनास्थलमा प्रहरीको टोली पुगेको छ…