२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

आज विश्व क्यान्सर दिवस मनाईदै, रोगबाट कसरी बच्ने ?



काठमाडौं ।

विश्व क्यान्सर दिवस सोमबार विश्वभर मनाइदै छ । नेपालमा पनि बिभिन्न कार्यक्रम गरी यो दिवस मनाइदै छ । हरेकवर्ष लाखौं मानिसहरूको क्यान्सरका कारणले हुने मृत्यु कम गर्दै धेरैलाई जागरण अनि उपचारका माध्यमबाट जोगाउने हेतूले फेब्रुअरि ४ मा क्यान्सर दिवस मनाईन्छ ।

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ ।

बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि “ह्यूमन प्यापीलोमा“ भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ ।

केही क्यान्सरहरु भने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारि खाने बानी गरेर अनि घामवाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०७५ सोमबार ००:००  ४ : १२ बजे