६ असार २०८३, शनिबार | Sat Jun 20 2026

एक्कासी किन मर्न थाले कर्णाली नदीका माछा ?



कालिकोट ।
कर्णालीमा नदीका माछा मर्न थालेका छन्। हिउँले हिमाल सेताम्मे भएका बेला नदीका माछा मर्न थालेका हुन्। विगत केही दिनदेखि कर्णाली नदीमा सिसिने खोला तथा नदीका माछा मर्न थालेका छन्। मरेका माछा नदी छेउको किनारमा भेटिन थालेका स्थानीयले बताएका छन्। कालिकोटका सान्नी त्रिवेणी गाउँपालिकाको सान्नीगाड, नररिनाथ गाउँपालिकाको रहगाड र महावै गाउँपालिकाको पादमघाट नदीमा माछा मर्न थालेका हुन्। अत्याधिक मात्रामा हिमाल पाइने खिरउलो(सेतक चिनी) को दोहनका कारणले नदीका माछा मर्न थालेको स्थानीय आंशकाले गरेका छन्। हिमालमा पाइने खिरउलो (सेतक चिनी) उमालेको पानी, जरा हिमालमा छाडिएको हिउँ पर्दा त्यसको पानी नदीमा मिसिएका कारणले माछालाई विषको रुपमा प्रयोग हुन गएको तिलागुफा नगरपालिका १ नाग्मबजारका शंकर उपाध्यायले आशंका गरे। ‘हिमालमा खिरउलो (सेतक चिनी) अत्याधिक दोहन भयो।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  १० : ५९ बजे