२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

श्रीमतीसँग झगडा परेपछि श्रीमानद्धारा आत्महत्या प्रयास



उदयपुर ।
घरमा श्रीमतीसँग झगडा भएपछि उदयपुरका एक युवाले आफैँले बन्दुक हानेर आत्महत्या प्रयास गरेका छन् ।जिल्लाको रौतामाई गाउँपालिका वडा नम्बर ५ रातमाटे बस्ने ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेका हुन् ।घरमा श्रीमतीसँग सामान्य भनाभन हुँदा आवेगमा आफैँले बन्दुक प्रहार गरी आत्महत्या प्रयास गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनु भयो । डीएसपी रानाभाटका अनुसार शनिबार दिउँसो राईले बन्दुक प्रहार गरेका हुन् । घाइते राईको छातीमा ठूलो घाउ छ ।जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात् राईलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० माघ २०७५ आइतबार ००:००  ६ : ३३ बजे