१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री ओलीले संसदमा आइतबार मात्रै सम्बोधन गर्ने



काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदलाई सम्बोधन आइतबारका लागि सरेको छ । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्ने तयारी भए पनि कार्यव्यस्तताका कारण आइतबारलाई सरेको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
सम्बोधनमा उहाँले प्रधानमन्त्री ओलीले समसामयिक राजनीतिक विषय, सरकारका काम कारबाही र केही दिनअघि संसदमा विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिने तयारी थियो ।
सम्बोधनमा प्रधानमन्त्री ओलीले वाइडबडी विमानको खरिदमा भ्रष्टाचार भएको विषयमा पनि बोल्ने तयारीे थियो ।

प्रकाशित मिति : १९ पुस २०७५ बिहिबार ००:००  ८ : १२ बजे