२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

अनसन बस्न कुम्लो बोकी डा. केसी इलाम तिर, अनसन सुरु गर्दै



इलाम ।  

डा. गोविन्द केसीले आजदेखि १६औं अनशन इलामबाट सुरु गर्दै हुनहुन्छ ।  आफूसँग भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आलटाल गरेको ठहर गर्दै डा।

केसीले  विधेयक पारित गर्न हिजोसम्मको समय दिनु भएकोमा संसदको शिक्षा तथा स्वास्थ्य समितिको उपसमिति मै विधेयक अड्किएपछि केसी अनशन बस्न इलाम जानु भएको हो ।

केसीका समर्थक अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार अनशनका लागि उहाँ पुगिसक्नु भएको छ । चिकित्सा शिक्षा सुधारका लागि अनशनमार्फत सरकारलाई दबाब दिँदै आएका केसीको यो १६ औं अनशन हो ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  ३ : ४९ बजे