१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दाङका दुई किशोरी बेपत्ता



दाङ ।
घोराही र तुलसीपुरका दुई किशोरीहरु बेपत्ता भएको परिवारले जानकारी गराएका छन् । घोराही उपमहानगरपालिका—१९ धनचौरकी १६ वर्षीया भूमा रागु मगर पुस १५ गतेदेखि बेपत्ता भएको उहाँका बुवा ओबाराम रागु मगरले जानकारी दिनुभएको छ ।
पुस १५ गते घोराही बजारमा सामान किन्नका लागि आएकी भूमा परिवारको सम्पर्कमै नरहेको जनाइएको छ । सबै आफन्तको घरमा खोजी गरेको र फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय दाङमा खोजी कार्यका लागि निवेदन दर्ता गराइएको बुवा ओबारामले जानकारी दिनुभएको छ ।
यस्तै तुलसीपुर–१०, कि सुशीला खड्का बेपत्ता रहेको परिवारले जनाएका छन् । सुशीला कार्तिक २७ गतेदेखि बेपत्ता रहेको आमा पीमा वली केसीले जानकारी दिनुभएको छ ।
आमा केसीले एक विज्ञप्ति जारी गरी छोरीको खोजी गरिदिनका लागि सबैमा आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : १८ पुस २०७५ बुधबार ००:००  १० : ३१ बजे