सिरहा ।सोमबार रातिदेखि परेको वर्षाले सिरहा र धनुषा जिल्लालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा बाढी आएको छ । नदीमा पानीको सतह बढेपछि पुलमुनिको बाटो डुबानमा परेको छ । जसका कारण सवारीसाधन तथा पैदलयात्रुहरूको आवतजावत बन्द भएको छ । आवतजावतका लागि बनाइएको अस्थायी बाँसको पुल पनि बाढीले बगाएका छन् । यहाँ पक्की पुल निर्माण भइरहेको थियो…