तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अस्तित्व खतरामा पर्न नदिन पारिस्थितिक प्रणालीलाई सन्तुलनमा राख्न जरुरी रहेको बताउनुभएको छ । पाल्पाको वसन्तपुरमा सोमबारदेखि सुरु भएको प्राणी शास्त्रसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले मानवको अस्तित्व जोगाउन सबैपक्ष सचेत रहनुपर्नेमा जोड दिनुभयो । मानिसको विकास निर्माणको काम र चाहनाका कारण मानव अस्तित्व खतरामा पर्नेगरी काम गर्न…