काठमाडौँ ।सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । रोल्पाबाट तरकारी बोकेर ल्याएको रा १ च १०२५ नम्बरको जीप राप्ती राजमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा बिहान सवा ६ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुल्न बाँकी छ ।…