१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित



काठमाडौँ ।
दोस्रो एकदिवसीय क्रिकेटमा भारतले अस्ट्रेलियालाई फराकिलो अन्तरले पराजित गरेको छ । वर्षाका कारण प्रभावित भएको खेलमा भारतले अस्ट्रेलियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ९९ रनले पराजित गरेको हो ।

जितसँगै तीन खेलको शृङ्खला भारतले एकखेल अगावै जितेको छ । जितको लागि ३३ ओभरमा ३ सय १७ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलिया २८ ओभर २ बलमा २ सय १७ रनमा अल आउट भयो ।

जितको लागि ४ सय रनको विशाल लक्ष्य पछ्याउनेक्रममा पानी परेपछि खेल ३३ ओभरमा झारिएको थियो । अस्ट्रेलियाका शेन एबोटले सर्वाधिक ५४ रन बनाए । यस्तै, डेविड वार्नरले ५३, मार्नस लाबुसेन २७, जोश हेजलवुडल २३ र एलेक्स क्यारीले १४ रन बनाए ।

भारतका रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले तीनरतीन विकेट लिए भने प्रसिद्ध कृष्णाले दुई र मोहम्मद शामीले एक विकेट लिए । त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो । भारतको जितमा श्रेयस ऐरले सर्वाधिक १ सय ५ रनको पारी खेले ।

यस्तै, शुभमन गिलले पनि शतक बनाए । उनले १ सय ४ रन जोडे । यस्तै, सूर्यकुमार यादवले ७२, कप्तान लोकेश राहुलले ५२, इशान किशनले ३१ र रविन्द्र जडेजाले १३ रन बनाए ।

अस्ट्रेलियाका क्यामरन ग्रीनले २ विकेट लिए भने जोश हेजलवुडल, शेन एबोट र एडम जाम्पाले एकरएक विकेट लिए । भारत पहिलो खेलमा ५ विकेटले विजयी भएको थियो । तेस्रो खेल पर्सि बुधवार हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८० सोमबार ००:००  ७ : १२ बजे