२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

दिगो विकासका लक्ष्य हासिल हुने कार्यक्रम तर्जुमा गर्न मन्त्री आचार्यको आग्रह

काठमाडौं ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले गैरसरकारी सङ्घसंस्थाहरूले दिगो विकासका लक्ष्यअनुसार कार्यक्रम तर्जुमा गर्नुपर्ने बताएका छन् । समाजकल्याण परिषद्‌द्वारा आज आयोजित ४४औं सामाजिक सेवा दिवसका अवसरमा मन्त्री आचार्यले गैरसरकारी सङ्घसंस्थालाई चालू नीति तथा कार्यक्रममा दिगो विकासका लक्ष्यलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । “दिगो विकासका लक्ष्य राष्ट्रिय नीति, योजनामा एकीकृत गरिएको छ…